‘अविश्वासको प्रस्ताव राख्न नसक्ने अनि सबै धारामा ओलीमात्रै भन्ने ?’

331

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै विकल्प नरहेपछि संसद् विघटन गर्नुपरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजसालमा बहस गर्दै उनले विकल्प हुँदाहुँदै अन्य दलले सरकार बनाउन नसकेको बताए ।

“७६(२)को सरकार बनाउन सबैलाई अवसर दिइएको थियो । किन बनाउन सक्नुभएन ?” उनले प्रश्न गरे,“त्यसबेला सरकार बनाएको भए अहिले विघटन पनि हुँदैनथ्यो । सबै धारामा केपी ओली प्रधानमन्त्री ? भन्नु पनि पर्दैनथ्यो । अविश्वासको प्रस्तावसमेत राख्न नसक्ने अनि हरेक धारामा ओलीमात्रै भनेर मिल्छ ?”

बहुलवादमा आधारित संविधान बनाइएकाले सत्तारुढ दलका सांसद्ले विपक्षी दलका नेतालाई प्रधानमन्त्रीका लागि हस्ताक्षर गर्न नपाउने खरेलले तर्क गरे ।

Share This:
सम्बन्धित खबर
Loading...