ओली प्रवृत्ति राष्ट्रका लागि घातक : प्रचण्ड

603

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केपी ओली प्रवृत्ति राष्ट्रका लागि घातक भएको बताएका छन् ।

संदस् भवन नयाँबानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा वुद्धिजीवीहरुसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले लोकतन्त्र, राष्ट्र र संविधान रक्षाका लागि केपी ओली प्रवृत्ति घातक भएको बताएका हुन् । साथै उनले ओलीले प्रतिनिधित्व गर्ने र पाँच दलले प्रतिनिधित्व गर्ने प्रवृत्ति फरक भएको बताउँदै ओली प्रवृत्ति परास्त गर्न नै गठबन्धन बनेको दाबी गरे ।

प्रचण्डले भने, “केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका ५ पार्टीले प्रतिनिधित्व गर्ने प्रवृत्ति एउटै हैन । किनभने गणतन्त्रको निम्ति आन्दोलन गर्ने बेला पनि केपीजी कहाँ हुनुहुन्थ्यो, हामी ५ कहाँनेर थियौँ भनेर मात्रै स्मरण गरियो भने पनि थाहा हुन्छ । गणतन्त्र, संविधान, शान्तिसम्झौता निम्ति बल गर्ने प्रवृत्ति हामीसँग थियो भने अर्को प्रवृत्ति ठीक छैन यो गर्न हुन्न भन्ने थियो । त्यो लढाइँ अहिले यो रुपमा प्रकट भएको छ ।”

आफूलाई ओलीले नै अस्थिर बनाएको बताएका प्रचण्डले आफ्ना पनि कमजोरी स्वीकारेका थिए । उनले ओलीसँग सम्झौता गरेर आफूले कुनै गल्ति नगरेको प्रष्टीकरण दिए ।

“प्रचण्ड कहिले यता उता भन्नुहुन्छ । मलाई कहिले यता कहिले उता कसले बनायो, मेरो कमजोरी होला मैले माने । शन्तिपूर्ण आए, संविधान बनाए, सुरुमा एमालेसँग मिलेर सरकार बनाए । संविधानको सर्वोच्चतामा नागरिक सर्वोच्चता ठूलो भन्नेमा सेनासँग अलि अप्ठ्यारो पर्यो,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...