संविधान र गणतन्त्र नै खतरामा परेकाले संघर्षमा होमिनु पर्‍यो : माधव नेपाल

507

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू देशलाई खतराबाट जोगाउन लागि परेको बताएका छन् ।

नागरिक समाजसँग विपक्षी गठबन्धनले बानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा नेपालले ओली प्रवृत्तिका विरुद्ध लडिरहेको बताए ।

उनले कुनैपनि संविधान निर्माणमा सजिलो नभएको टिप्पणी गरे । अहिले संविधान र गणतन्त्र नै खतरामा परेकाले आफू संघर्षमा जानु परेको नेपालको भनाइ थियो ।

“संविधान निर्माण गर्ने सन्दर्भमा सजिलो थिएन । मूल्य मान्यतालाई छोडिदैन । गणतन्त्र र संविधान खतरामा छन्, हाम्रो देश खतराउन्मुख छ । विकास र समाज रुपान्तरणका विषयमा हामी एक छौँ,” उनले भने ।

उनले पूर्व प्रधानमन्त्री क्लब बनाउन खोजेपनि सफल हुन नसकेको बताए । इस्युमा केन्द्रित भएर पार्टी र गठबन्धनभित्र छलफल हुन नसकेको बताए ।

राजनीतिक परिवर्तन संस्थागत गर्न शासक र जनतामा परिवर्तन आउनु आवश्यक रहेको उनको बुझाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...