यी हुन् एमाले स्थायी कमिटी सदस्यमा थपिएका ८ जना नेता

645

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा थप ८ जना थपिएका छन् । माओवादी केन्द्रबाट एमालेमा समाहित भएका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा मनोनीत ४ जना स्थायी कमिटीमा थपिएका हुन् ।

दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट रामबहादुर थापा‘बादल’, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरिएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए । महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनीत हुनु भएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...