शम्भु थापालाई सुशील पन्तको जबाफ,‘कार्यालयलाई विपक्षी बनाउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ?’

संवैधानिक इजलास

507

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिलाई मुद्दा नलाग्ने जिकिर गर्दै विद्यादेवी भण्डारीलाई ‘तिमी को हौ ?’ भन्न नमिल्ने जिकिर गरेका छन् । निवेदक तर्फका कानुन व्यवसायी अधिवक्ता शम्भु थापालाई जबाफ दिँदै पन्तले भने,“कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ?”

असार ९ मा निवेदकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले बहुमत सदस्यको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्वीकार गरेकोमा इजलसबाट राष्ट्रपतिलाई प्रश्न गरेका थिए– ‘हु आर यू ?’

पन्तले राष्ट्रपतिलाई मुद्दा नलाग्ने जिकिर गर्दै भने,“राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन ।”

संसदीय शासन पद्दतिमा प्रधानमन्त्रीको नियुक्ति इन्हेरेन्ट राइट (अर्थात् अन्तरनिहित अधिकार) भएको दाबी गर्दै पन्तले पश्न गरे,“मुद्दा लाग्ने भए निवेदक पक्षले राष्ट्रपतिलाई किन प्रत्यर्थी नबनाएको ?”

पन्तले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्तिमा पनि दलीय समर्थन चाहिने, सांसद्को समर्थन मात्र पर्याप्त नहुने जिकिर गर्दै भने,“७६(५) निर्दलीय हुन्छ भनेर हुने कुरा होर र, त्यहाँ लेख्नुपदैन ? ७६(५)मा निर्दलीय हुन्छ भनेर लेखेको छ र ?”

बहुदलीय शासन प्रणालीमा दलले पत्र लेखेर पठाएपछि सांसद्हरुलाई ‘तिमीहरु स्वतन्त्र हौँ, ह्विप लाग्दैन’ भन्न नमिल्ने पन्तले जिकिर गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...