एमालेको महाधिवेशन आयोजक कमिटी विघटन, स्थायी कमिटीमा थपिए ८ जना सदस्य

माधव नेपालसहित ११ जना नेतामाथि गरिएको कारबाही निष्क्रिय

671

काठमाडौं । नेकपा (एमाले)को दशौँ महाधिवेशन आयोजक कमिटी भंग भएको छ । बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेको आयोजक कमिटी भंग गर्ने निर्णय गरेको हो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अब एमालेका काम कारबाही केन्द्रीय कमिटीकै नामबाट सञ्चाल हुने जानकारी दिए ।

त्यस्तै, बैठकले एमालेका ४ र माओवादी केन्द्रबाट प्रवेश गरेका ४ जनालाई स्थायी कमिटीमा समेटेको छ ।

स्थायी कमिटी सदस्यहरुमा एमालेबाट रघुवी महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त छन् भने पूर्वमाओवादी केन्द्रबाट राम बहादुर थापा‘बादल’, टोप बहादुर रायमाझी, लेखराज भट्ट र मणि थाापा रहेका छन् ।

महाधिवेशन आयोजक कमिटीको खारेजसँगै माधव कुमार नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारबाहीसमते निष्क्रिय भएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...