एमालेको बैठकमा गण्डकी प्रदेशका अध्यक्ष विश्वकर्माले मागे शिक्षामन्त्रीको राजीनामा

282

काठमाडौं । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री जगत् विश्वकर्माले जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई मन्त्रीको गाडीमा लिफ्ट दिएको आरोप लागेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् ।

दशौ महाधिवेशन आयोजक कमिटीको जारी बैठकमा उनले एमालेको नेता तथा मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गर्ने व्यक्तिलाई आफ्नो गाडीमा राखेर छुटाउन जानु अशोभनीय भन्दै राजीनामा माग गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

एमालेको बैठकमा मन्त्री श्रेष्ठको आलोचना भएको छ । यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि श्रेष्ठले क्षमायाचना गर्नुपर्ने बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...