वरिष्ठ अधिवक्ता सुशील पन्तको प्रश्न : राष्ट्रपतिविरुद्ध मुद्दा किन नलगाएको ?

510

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजपनि सरकारी पक्षबाट बहस गरिरहेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिविरुद्ध मुद्दा किन नलगाएको भन्दै पश्न गरेका छन् ।

बुधबार संवैधानिक इजलासमा भएको बहसमा भाग लिँदै भने,“राष्ट्रपतिलाई मुद्दा लाग्छ भने किन नलगाएको ? प्राकृतिक न्यायको सिद्धान्तले पनि यो कुरा दिँदैन । उहाँको कदम गदत हो भने उहाँलाई विपक्षी नबनाएर कसरी न्याय निरुपण हुन्छ ? राष्ट्रपतिले को कुन दलको भनेर कसरी थाहा पाउने भन्ने प्रश्न आएको छ, त्यसअघि सञ्चारमाध्यममा प्रशस्तै आएको छैन र ?”

संसारभरि राष्ट्रपतिलाई विशेष अधिकार रहेको उल्लेख गर्नै अहिले नेपालमा आएको जस्तो समस्यामा राष्ट्रपतिले कसैलाई सोध्दा पनि सोध्दैन, सोध्न पनि पर्दैन भन्ने तर्क गरे ।

Share This:
सम्बन्धित खबर
Loading...