घरेलु मैदानमा जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

युराे कप

543

काठमाडौं । घरेलु मैदानमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको वेम्बली स्टेडियमा ४३ हजार दर्शकबीच सम्पन्न खेलमा जर्मनीलाई २–० ले हराउँदै इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोररहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुवातमा जर्मनीले केही दबावमा राखेपनि इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।

खेलको ७५औँ मिनेटमा इंग्ल्यान्डले रहिम स्टर्लिङको गोलमा अग्रता लियो । लुक शाको पासमा स्टर्लिङले सुन्दर गोल गरे ।

८१औँ मिनेटमा जर्मनीले खेलमा बराबरी गर्ने अवसर पाएको थियो । थोमस मुलरको प्रहार पोस्टभन्दा बाहिर जाँदा जर्मनी बराबरी गर्नबाट चुकेको थियो ।

नियमित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा कप्तान हेरी केनले गोल गर्दै अग्रता दोब्बर पारे । जारी प्रतियोगितामा केनको पहिलो गोल हो ।

यसैगरी, गएराति भएको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई २–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।

युक्रेनका लागि ओलेक्स्यान्डर जिन्छेन्कोले २७औँ मिनेटमा र अर्टेम डोभबाएकले १२१औँ मिनेटमा गोल गरे भने स्वीडेनका इमिल फोर्सबर्गले सान्त्वना गोल फर्काए ।

युरोकपमा गएराति अन्तिम दुई खेल सकिएसँगै प्रि–क्वाटरफाइनलका खेलहरु सकिएका छन् । अन्तिम खेलमा युक्रेनले क्वाटरफाइनलमा स्थान पक्का गरेसँगै क्वाटरफाइनलको समीकण पूरा भएको छ ।

कुन टिमलेको खेल कहिले ?
स्पेन भर्सेस स्वीट्जरल्यान्ड शुक्रबार बेलुकी ९ः४५ बजे
इटाली भर्सेस बेल्जियम शनिबार बिहान १२ः४५ बजे
चेक रिपब्लिक भर्सेस डेनमार्क शनिबार बेलुकी ९ः४५ बजे
युक्रेन भर्सेस इंग्ल्यान्ड आइतबार बिहान १२ः४५ बजे

Share This:
सम्बन्धित खबर
Loading...