महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेको निर्णय

286

काठमाडौं । नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने भएको छ ।

मंगलबार बसेको एमालेको स्थायी कमिटीको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भोलि महाधिवेशन आयोजक कमिटी बस्ने र उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने जानकारी दिए ।

बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि तयारी निर्णयसमेत गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले पछिल्लो राजनीतिक अवस्था गम्भीर र संकटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...