‘बहुदलीय व्यवस्थामा दलहरुको दलीय व्यवस्था मान्दैनौँ भन्न मिल्दैन’

521

काठमाडौं । नायब महान्यायाधिवक्ता पद्‌मप्रसाद पाण्डेले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुको दलीय व्यवस्था मान्दैनौँ भन्न नमिल्ने बताएका छन् । पाण्डेले संविधानको धारा ७६ (५) बमोजिम पनि दलीय ह्विप लाग्ने बताए ।

प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबार सर्वोच्च अदालतमा बहस गर्ने क्रममा उलने दलको अनुशासनबाहिर दलबा सांसद् र नेता जना नमिल्ने तर्क गरे । राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था पनि यही रहेको उनको भनाइ छ ।

उनले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर हस्ताक्षर गरिएका एमालेका सांंसद्को हस्ताक्षरले मान्यता नपाउने तर्क गरे ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदम कानुनसम्मत भएको तर्क गर्दै एउटा दलमा बसेर अर्को दलको समर्थन गर्न नपाइने बताएका छन् ।

“संविधानअनुसार दल फुटाउन पाइन्छ श्रीमान् तर त्यहीँ बसेर दललाई समर्थन गर्न पाइँदैन,” उनले भने, “कांग्रेस र माओवादी केन्द्रले आफ्नो दलमा अनुशासन लगाउने तर अर्को दलमा ह्विप लाग्दैन भन्न पाइन्छ ? संविधानले सबै ठाउँमा दलबाहेक केही भनेको छैन । ७६(५) मा पुगेपछि दल होइन भन्न पाइँदैन ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री दाबी गर्न आह्वान गरेपछि कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव कुमार नेपाल पक्षका १४९ सांसद्को हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीको दाबी गरेका थिए ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरिदिएकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...