काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन सांसद्मा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका हुन् ।
पाण्डेले बहस सुरु गर्दै विश्वासको मत पाउँने दिन, धारा ७६(३) अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताएलगत्तै प्रधानन्यायाधीश जबराले सोधे,“विश्वासको मत प्राप्त गर्न र नगर्न संसद्मा जानुपर्ने हैन र ? तर, त्यसलाई छलेर जान मिल्छ र ?”
प्रधानन्यायाधीश जबराको यो प्रश्नपछि नायव महान्यायाधिवक्ता पाण्डेले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले संसद्मा नगएको जबाफ दिए ।
उनले भने,“मत पाउँदिन भनेर सरेन्डर गरेपछि फेरि संसद्मा जानु पर्देन, मेरो तर्क यसमा यही हो ।”
“विश्वासको मत प्राप्त नगर्ने कर्न्फम थियो । र विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसद्मा पेस गर्नुपर्छ भन्ने व्यवस्था छैन । यो भएको भए पाउन र नपाउन पनि संसद्मा जानुपर्दथ्यो । त्यसकारण विश्वासको मत नपाउदा संसद्मा गइरहन पर्दैन,” पाण्डेले तर्क गरे ।