ओलीलाई कांग्रेस प्रवक्ता शर्माले सोधे, ‘अभिव्यक्तिमा चरम आवेग, यो कस्तो ‘भेरियन्ट’ ?’

502

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा प्रश्न फर्काएका छन् ।

सामाजिक सञ्जालमामा लेख्दै प्रवक्ता शर्माले सोधेका छन्, सम्माननीय प्रधानमन्त्रीज्यू विनम्रसँग सोध्छु– अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरियन्ट’ ?”

प्रवक्ता शर्माले एमालेसँग प्रचण्डको पार्टी एकता नै हुँदा ठीक हुने र कांग्रेससँग मुद्दामा सहकार्य हुँदा बेठीक हुने भनेर समेत सोधेका छन् ।

“प्रचण्डसँग एमालेको एकता ठीक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठीक ? साथ छँदा आन्द्रा गास्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?” शर्माले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार मदन भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा बालुवाटरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमालेका नेता माधव कुमार नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...