प्रचण्डपथमा हिँडेपछि कांग्रेस नेताहरुले ‘नाथुराम गोड्से’ खोज्न थाले : प्रधानमन्त्री ओली

466

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरुले ‘नाथुराम गोड्से’ खोज्न थालेको बताएका छन् ।

मदन भण्डारी जन्मजयन्तीको अवसरमा आज मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डपथमा हिँडेपछि कांग्रेस नेताहरुले नाथुराम गोड्से खोज्न थालेको बताएका हुन् ।

उनले प्रचण्डपथ अस्थिरता र हिंसाको सिद्धान्त रहेको बताए । “अस्थिरताको खेति गरेको छ, देश कता जान्छ मतलब छैन, कांग्रेस त्यहाँ पुग्नु भनेको प्रचण्डपथ नै अंगालेको हो, कांग्रेसले अंगालेपछि र आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि प्रचण्डपथ यति व्यप्त भइसक्यो कि अहिले सर्वोच्च अदालतमा पनि प्रचण्डपथ चर्चा हुन्छ,” ओलीले भने ।

उनले सर्वोच्च अदालतमा प्रचण्डका एउटा कार्यकर्ताले न्यायाधीशकै अघि हिंसालाई दुरुत्साहन गरेको पनि बताए । ओलीले भने, “उहिले सुप्रिम कोर्टमा पनि प्रचण्डपथको चर्चा हुन्छ, फ्रान्स र बेलायतका राजाहरु कि काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेको जस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ, यो कुरा त प्रचण्डका एकजना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने ।”

Share This:
सम्बन्धित खबर
Loading...