माधव नेपाललाई शान्ता चौधरीको चिठी : कमरेड तपाईं कांग्रेसको जालमा फस्नुभयो

487

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा पूर्वसचेतक शान्ता चौधरीले नेपाली कांग्रेसको पछाडि लाग्दा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल फसकेको बताएकी छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत् एक पत्र लेख्दै उनले नेता नेपा निस्कनै नसक्ने गरी कांग्रेसको जालमा फसेको बताएकी हुन् ।

“हेर्दा हेर्दै यति ठूलो बिचलन तपाईंमा देख्न पर्‍यो । फस्नुभयो कमरेड फस्नुभयो तपाईं । निस्कनै नसक्ने गरी कांग्रेसको जालमा पर्नुभयो,” चौधरीले लेखेकी छन् ।

आदरणीय कमरेड माधव नेपाल
हार्दिक अभिवादन ।

नेकपा (एमाले)को तपाईं आदरणीय नेता हुनुहुन्थ्यो, श्रद्धेय हुनुहुन्थ्यो । हेर्दाहेर्दै यति ठूलो बिचलन तपाईंमा देख्न पर्‍यो । फस्नुभयो कमरेड फस्नुभयो तपाईं । निस्कनै नसक्ने गरी कांग्रेसको जालमा पर्नुभयो ।

शेर बहादुरलाई प्रधानमन्त्री बनाउने, त्यसपछि पार्टी विभाजन गर्न सजिलो पर्ने गरी शेर बहादुरले अध्यादेश ल्याइदिने, अनि तपाईंले पार्टी विभाजन गरिदिने, चुनावी सरकारको नेतृत्व तपाईंले गर्ने, आगामी निर्वाचनमा तपाईंलाई कांग्रेसले जिताइदिने, चुनावी गठबन्धन गर्ने, कांग्रेसले तपाईंलाई एमालेभन्दा ठूलो पार्टी बनाइदिने, वा कमरेड वा तपाईं सपना !!

यो स्ट्याटस सुरक्षित होस, साथीहरु स्क्रिनसट गरेर राख्नुहोस, पछि मलाई देखाउनुहोस्, म चुनौती दिन्छु । निर्वाचन पछि तपाईं त्यहीँ पुग्नुहुन्छ जहाँ आज सिपी मैनाली छन् ।

कांग्रेसलाई आफैँभित्र सकस हुनेछ, आफ्नै पार्टीभित्रको गुटकालागि टिकट को भागबन्डा मिलाएर वितरण गर्न उसलाई आफैँलाई सकस हुनेछ ।

तपाईंको पार्टीलाइ कांग्रेसले भाग छुट्याइदिने, प्रचण्डलाई छुट्याइदिने, बाबुराम उपेन्द्रलाई छुट्याएर दिने अनि कांग्रेसका मतदाताले तपाईंहरुलाई भोट दिएर जिताइदिने, वा कमरेड वा तपाईंको दिवा सपना । राष्ट्रियसभाको उपनिर्वाचन जस्तै ठान्नु भयो की क्याहो कमरेडले । कमरेडको राजनीति हेर्दाहेर्दै कांग्रेसको शरणमा ।। भो कमरेड भो, पतनको बाटो नजानुहोस् ।

Share This:
सम्बन्धित खबर
Loading...