‘संविधानको धारा ७६(५)मा पनि ह्विप लाग्छ’

194

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभाका सदस्यलाई दलीय अनुशासनभन्दा बाहिर जाने स्वतन्त्रता नभएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा संवैधानिक इजलासमा सोमबार बहस गर्दै उनले रिट निवेदक पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेललाई जबाफ दिने क्रममा यस्तो दाबी गरेका हुन् ।

महान्यायाधिवक्ता बडालले भने,“सांसद् बँधुवा मजदुर त होइनन् । तर, दलीय अनुशासनभन्दा बाहिर जाने स्वतन्त्रता उनीहरुलाई छैन ।”

रिट निवेदक तर्फबाट बहस गर्दै आइतबार वरिष्ठ अधिवक्ता खरेलले धारा ७६(५) अनुसार सांसद्हरु दलको बधुँवा मजदुर हुन नसक्ने बताएका थिए ।

महान्यायाधिवक्ता बडालले धारा ७६(५) म दलीय निर्देशन ‘ह्विप’ लाग्ने जिकिर गरेका छन् । यसका लागि उनले खोलानालको उदाहरणसमेत दिए । “विश्वासको मतको दाबी गर्ने त उपधारा ४(नै) रैछ नि । देशभर नदीनाला गएर मिसिने बंगालको खाडीमै रैछ । उपधारा १, २, ३ र ५ जसरी नियुक्त भएपनि विश्वासको मत लिन जाने ठाउँ उपधारा (४) नै हो । अब कुन पानी कर्णालीको, कुन गण्डकी, कुन कोसी कसरी छुट्याउने श्रीमान्, त्यही ७६(४) मा गएर विश्वासको मत लिनुपर्ने भएपछि (५)लाई दलको ह्विप नलाग्ने, अरु उपधारामा ह्विप लाग्ने कसरी भयो ?”

Share This:
सम्बन्धित खबर
Loading...