डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

339

काठमाडौं । साविकको विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा विश्व नम्बर १ बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम ८ मा पुगेको हो ।

उुलाई जित दिलाउन थोर्गान हाजार्डले ४२औँ मिनेटमा गोल गरे । क्वाटरफाइनलमा बेल्जियमले अर्को बलियो टोली इटालीसँग प्रतिस्पर्धा गर्ने छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा चेक रिपब्लिकले उपाधिको दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । १० जनामा सीमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा माथिङ्स डे लिट रातो कार्ड खाँदै बाहिरिएपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भएको थियो ।

चेक रिपब्लिकलाई जिच दिलाउन ६८औँ मिनेटमा थोमस होल्स र ८०औँ मिनेटमा प्याट्रिक सिकले गोल गरे । अब क्वाटर फाइनलमा चेक रिपब्लिकले डेनमार्कको सामना गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...