विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड सहुलियत ऋण दिने

478

काठमाडौं । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा दिगो विकास हासिल गर्न विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

आइतबार अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले वित्तीय सम्झौतामा हस्ताक्षर गरे ।

आर्थिक वृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय वृद्धितर्फ लक्षित सुधारहरूलाई सघाउने बताइएको छ ।

यसले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालु ठूला आकारका विकास आयोजनालाई गति दिन मद्धत गर्ने समेत बताइएको छ । प्रस्तुत सहयोग बजेटरी सहायताका रुपमा प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा अर्थ सचिव ढुंगानाले सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनमा लगायतका क्षेत्रमा थप सुधार हुने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...