गण्डकीका दुई मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी, हरिशरण र मनाङे फेरि पनि बिनाविभागीय

516

कास्की । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रलयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीता कुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएकी छन्।

मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । बिनाविभागीय रहेका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ‘दीपक मनाङे’लाई जिम्मेवारी दिइएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...