‘संसद् पुनःस्थापना गरेर मात्र हुन्न, देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ’

413

काठमाडौं । वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले विघटनसम्बन्धी मुद्दामा प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्र नपुग्ने भन्दै शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन् ।

संसद् विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले देउवाले बहुमत सांसद्को हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् ।

“आदेश जारी गर्दा प्रतिनिधिसभा पुनःस्थापना गरेर बाँकी संसदमै हुन्छ भनेर हुँदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किनभने ओलीले पटक–पटक संवैधानिक दायरा नाघिसक्नुभएको छ,” उनले भने ।

वरिष्ठ नेता खरेलले राष्ट्रपति संवैधानिक दायित्वबाट चुकेको तर्क गरे ।

“राष्ट्रपतिले उच्चरण गरेको शब्द त्यो पर्देन भन्न मिल्छ ? सांसद्हरु जाँदा कुराएर राख्ने अनि ओलीले गरेको निर्णय चाहिँ मध्यरातमा गर्ने कसरी हुन्छ ?” उनले भने ।

संसद्‌मा गएर निरुपण गर्ने विषय राष्ट्रपतिले गर्न नपाउने उनले बताए । “मेरो दलको निर्णय मानेर भनेर कहाँ कारबाही गर्ने हो ? राष्ट्रपति कार्यालय कि संसद्‌मा हो ?” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...