संविधानले केपी ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने कल्पना गरेको छैन : संविधानविद् आचार्य

455

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले केपी शर्मा ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने तवरले राष्ट्रपति र प्रधानमन्त्री ओली लागिरहेको तर्क गरेका छन् ।

प्रतिनिधिसभा विघटन मुद्दामा आइतबार सर्वोच्च इजलासको संवैधानिक इजलासमा बहस गर्दै उनले संविधानले केपी ओली मात्र प्रधानमन्त्री हुनुपर्ने नभनेको तर्क गरे । तर, अहिले अभ्यास यही भइरहेको उनको भनाइ छ ।

“धारा ७६(५) मा दाबी गर्न प्रधानमन्त्री पद रिक्त हुनै पर्छ । धारा ७६(४) र धारा ७७ दुवै प्रक्रिया नगरी पद रिक्त नगरी बदनियतका साथ नयाँ सरकार गठनको आह्वान भयो,” उनले भने,“एउटै कार्यकालमा संविधानको धारा ७६ को सबै उपधारा अनुसार एउटै व्यक्ति केपी ओली मात्र प्रधानमन्त्री बन्ने कल्पना गरेको छैन । तर, अहिले अभ्यास यही भइरहेको छ ”

संविधानको सबै धारालाई प्रयोग गर्न खोजेर ओलीलाई नै प्रधानमन्त्री बनाइरहने राष्ट्रपतिले संविधानलाई चुनौती दिएको आचार्यको तर्क छ । “राष्ट्रपतिको लिखित जबाफलाई मान्ने हो भने संविधानलाई चुनौती दिएको देखिन्छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...