एमालेले बोलाायो दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक

217

काठमाडौं । नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने छ ।

“पार्टी स्थायी कमिटीको नवौँ बैठक भर्खरै सम्पन्न भएको छ । बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयमहरुको सन्दर्भमा संक्षिप्त तर, गहन छलफल गरेका छौँ । यो विषयमा केही निर्णयहरु गर्न आवश्यक भएको र अझ फराकिलो र उच्च तहबाट फलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आउने असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठकले निर्णय गरेको छ,” उनले भने ।

पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिन बैठकले मातहात कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...