इंग्ल्यान्डद्वारा टी–२० सिरिज क्लिन स्विप

240

काठमाडौं । श्रीलंकाविरुद्धको तेस्रो टी–२० खेलमा इंग्ल्यान्ड विजयी भएको छ । जितसँगै इंग्ल्यान्डले ३ खेलको टी–२० सिरिज क्लिन स्विप गरेको छ ।

शनिबार राति भएको खेलमा इंग्ल्यान्डले श्रीलंकामाथि ८९ रनको फराकिलो जित हात पारेको हो । श्रीलंका मात्रै ९१ रनमा समेटियो ।

खराब सुरुवात गरेको पाहुन टोली श्रीलंकाको विकेट निरन्तर गुमाइरह्यो । श्रीलंकाका बिनुरा फर्नान्डोले २०, ओशदा फार्नान्डो र निरोशन डिक्वेलाले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस्तै, दसुन सनकले ७, कुशल मेन्डिसले ६, दनुस्का गुणतिलकाले ४, कुशल परेरा र लक्षण सन्दकनले ३–३ रन जोडे ।

श्रीलंंकालाई सस्तैमा समेट्न इंग्ल्यान्डका डेविड विल्लीले ३, साम करनले २ तथा क्रिस वैक्स, क्रिस जोर्डन, लियाम लिभिङ्स्टोन र मोइन अलीले एक–एक विकेट लिए ।

यसअघि साउथेम्प्टनमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।

पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका जोनी बेइस्ट्रो र डेविड मलानले अर्धशतकीया पारी खेले । मलानले ४८ बलमा ४ छक्का र ५ चौकासहित ७६ रन बनाए भने बेइस्ट्रोले ५१ रनको योगदान दिए ।

यस्तै, लियाम लिभिङ्स्टोनले १४ तथा साम कुरान र क्रिस जोर्डनले ९ र ८ रनको नटआउट पारी खेले ।

जितसँगै इंग्ल्यान्डले ३ खेलको टी–२० सिरिज क्लिन स्विप गरेको छ । यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...