७६(५) लाई निर्दलीय आधारमा प्रयोग गर्न दिने भए अस्थिरता बढ्छ : कमल थापा

361

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाइने नजिर कायम भए भविष्यमा फ्लोर क्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् अध्यक्ष थापाले विद्यमान् चुनाव प्रणालीको कारण साधारयातय एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम रहेको पनि उल्लेख गरेका छन् ।

“विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम छ। त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाइने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने छ। के संविधानको आशय त्यही हो ?”थापाले ट्विटरमा लेखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...