कोलम्बियाका राष्ट्रपति सवार हेलिकोप्टरमा गोली प्रहार

304

एजेन्सी । कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा गोली प्रहार भएको छ । भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान ड्युक सवार हेलिकोप्टरमा गोली प्रहार भएको बीबीसीले जनाएको छ ।

आक्रमण भएको समयमा राष्ट्रपति ड्युक, रक्षा तथा आन्तरिक मामिलामन्त्रीका साथ राज्यका गभर्नर रहेका थिए ।

घटनामा हेलिकोप्टरमा रहेका सबै सकुसल रहेका राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणको अहिलेसम्म कसैले जिम्म लिएको छैन ।

राष्ट्रपति ड्युकले आक्रमणकारी पत्ता लगाउन कोलम्बियाका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । यस्ता हमला सामना गर्नका लागि कोलम्बिया सक्षम रहेको पनि उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...