जेसिभीको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

536

काठमाडौं । सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्लाा प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भर्खरै खनिएको पोखरीको निरीक्षण गर्न जाँदा भएको विवादको क्रममा डोजर चालकसहित केही व्यक्तिले वडाध्यक्षको हत्या गरेको प्रहरीले जनाएको छ ।

तथापि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाले बताए ।

पोखरीसौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो । सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेकेदार प्रेमराज दाहालसँगै पुगेका थिए ।

सो क्रममा नजिकैको पसलमा खाजा खानेक्रममा जेसिभी चालक हर्क बहादुर तामाङ र वडाध्यक्षबीच विवाद भएको थियो । खाजा खाएपछि दुवै पोखरी विस्तार भइरहेको ठाउँमा गएका थिए ।

“विवादका क्रममा आक्रोशित जेभिसी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेछन्,” नगरप्रमुख श्रेष्ठले भने,“हत्या गरेपछि वडाध्यक्षको शव त्यहीँ पुरेर चालक भागेका रहेछन् ।”

प्रहरीले जेसिभी चालक रविन तामाङ भनिने हर्क बहादुर तामाङ र जेसिभी धनी दाहाललाई पक्राउ गरेको नगरप्रमुख देवकोटाले जानकारी दिए ।

पूर्वयोजना नभइ आवेशमा आएर घटना भएको अनुमान प्रहरीले गरेको छ । पुरिएको ठाउँबाट श्रेष्ठलाई निकालेर प्रहरीले रातिनै जिल्ला अस्पताल मलङ्गवा लगेको छ ।

जेसिबी धनी दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।

उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...