संविधानविद् टीकाराम भण्डारीले भने, ‘राष्ट्रपतिले महाअभियोग लाग्ने काम गर्नुभएको छ’

196

काठमाडौं । संविधानविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले महाअभियोग लाग्ने काम गरेको बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको रिटमाथि बहस गर्दै उनले यस्तो बताएका हुन् ।

“संवैधानिक दायित्व निर्वाह गर्दिन भन्ने अधिकार राष्ट्रपतिलाई छैन,” उनले भने,“राष्ट्रपतिबाट भएका काम कारबाहीविरुद्ध न्यायिक पुनरावलोकन हुँदै भन्ने मान्यता संविधानले स्वीकार गर्दैन । संविधानको धारा १३३ ले यो व्यवस्था स्वीकार गर्दैन । राष्ट्रपतिले संविधानको ठाडो उल्लङ्घन गर्नुभएको छ । राष्ट्रपतिलाई धारा ७६(५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन । संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाअभियोग लगाउने व्यवस्था छ । न्यायाधीशलाई न्याय निरुपणका लागि इजलासमा बस्दिन भन्ने अधिकार हुुँदैन । त्यस्तै, राष्ट्रपतिलाई पनि आफ्नो दायित्व निर्वाह नगर्ने छुट हुँदैन ।”

राष्ट्रपतिले आधार खोज्न पाए पनि संवैधानिक दायित्व भुल्न नहुने उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...