माधव नेपालले विपक्षीसँग मिलेर पञ्चायत र राजतन्त्र ल्याउन लागे : खिमलाल भट्टराई

645

काठमाडाैं । राष्ट्रियसभामा नेकपा (एमाले)का मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता माधव कुमार नेपाललाई विपक्षीसँग मिलेर देशमा राजतन्त्र फर्काउन थालेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले नेपाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा अन्थ विपक्षी दलका नेताहरुसँग मिलेर मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको टिप्पणी गरेका हुन् ।

विपक्षी गठबन्धनले निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाउन लागेको उनको आरोप छ ।

“विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरु शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरुले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होसियार बनौं,” उनले लेखेका छन् ।

बहुदलीय व्यवस्थामा निर्दmीय अभ्यास हुन नसक्ने बताउँदै नेता भट्टराईले भनेका छन्,“संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर, उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरुको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसद्लाई ह्विप लाग्ने निश्चित छ ।”

Share This:
सम्बन्धित खबर
Loading...