पौडेल पक्षीय कांग्रेसको बैठक बस्दै

399

काठमाडौं । पार्टीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो सक्रियता बढाएका छन् ।

यसैक्रममा उनले आज दिउँसो आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक राखेका हुन् । बैठक दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्यान्डमा हुने एक नेताले जानकारी दिए ।

महाधिवेशनमा सभापति बन्न शेर बहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आफू पक्षीय नेताहरुसँग छलफल बढाइरहेका छन् ।

देउवाले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गरी आगामी महाधिवेशनमा आफू नै सभापतिमा उठ्ने जानकारी गराइसकेका छन् भने निधिले पनि अफ्ना पक्षका नेतासँग आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

यसैक्रममा पौडेल पक्ष पनि सक्रिय हुन लागेको हो । पौडेल पक्षमा ६ जना नेता पार्टी सभापतिको आकांक्षी देखिएका छन् ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, सुजता कोइराला र कल्याण गुरुङले सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...