मुल्तान सुल्तानलाई पिएसएलको उपाधि

327

काठमाडौं । मुल्तान सुल्तानले पाकिस्तान सुपर लिग (पिएसएल)को उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा पेसावर जाल्मीलाई ४७ रनले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो ।

राम्रो सुरुवात गरेको मुल्तानका लागि ओपनरद्वय सान मसूद र मोहम्मद रिजवानले पहिलो विकेटका लागि ६८ रनको साझेदरी गरे । मसूद ३७ तथ रिजवान ३० रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङमा आएका सोहेब मक्सूदले ६५ रनको अर्धशतकीय पारी खेले । ३५ बलको सामना गरेका मक्सूदले ३ छक्का र ६ चौकासहित ६५ रनमा नटआउट रहे ।

यस्तै, दक्षिण अफ्रिकी खेलाडी रिले रोसउले पनि अर्धशतकीय योगदान दिए । उनले २१ बलमा ३ छक्का र ५ चौकासहित ५० रन बनाए । खुसदिल साहले १५ रन जोडे ।

पेसावर जाल्मीका समीन र मोहम्मद इम्रानले समान २–२ विकेट लिए ।

२ सय ७ रनको विशाल लक्ष्य पछ्याएको पेसावरले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ५९ रन मात्र बनाउन सक्यो । पेसावरका लागि सोएब मलिकले ४८, कम्रान अकमलले ३६, रोवमन पावेलले २३ तथा शेर्फेन रदरफोर्डले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पेसावरलाई सस्तैमा समेट्ने क्रममा मुल्तानका इम्रान ताहिरले ३, इम्रान खान र ब्लेसिङ मुजरबानीले समान २–२ तथा सोहेल तान्भिरले एक विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...