एकैपटक १० सन्तान जन्माएको भनिएकी दक्षिण अफ्रिकी महिला गर्भवती नभएको पुष्टि

424

एजेन्सी । दक्षिण अफ्रिकी महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत प्रमाणित भएको छ ।

बीबीसीका अनुसार बीबीसीसमेतले एकैपटक १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवतीसमेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको छ ।

अहिले ३७ वर्षीया ती महिला अनुसन्धानको दायरामा आएको र मानसिक स्वास्थ ऐन अन्तर्गत नियन्त्रणमा लिइएको बीबीसीले जानकारी दिएको छ ।

दक्षिण अफ्रिकी अनलाइन मिडिया इन्डिन्डेन्टको स्वामित्वमा रहेको प्रीटोरिया न्युजले सबैभन्दा पहिले यो समाचार जुन ८ मा प्रकाशन गरेको थियो । जुन ७ मा स्टेट बुकु अकाडेमिक अस्पतालमा बच्चा जन्मिएको भनिएकोमा अस्पतालले समेत असत्य भनेको छ ।

उक्त अस्पतालमा मात्रै होइन दक्षिण अफ्रिकी प्रान्त गाइटिङभरिका कुनैपनि अस्पतालमा एउटै आमाबाट १० बच्चा जन्मिएको पत्ता नलागेको बीबीसीले लेखेको छ । समाचार गलत भए पनि यसरी कुप्रचार गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...