काठमाडौं । नेकपा (एमाले)का माधव कुमार नेपाल समूहका युवा नेता जीवन राईले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र पाएका छन् । निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई आज प्रदान गरेको हो ।
वैशाख ७ गते दल दर्ताको निवेदन दिएका राईको दलको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)’ भएको छ । प्रमाणपत्र पाएपछि नेता राईले सबै कम्युनिस्टहरुलाई एकीकृत बनाउनका लागि दलको नाम नेकपा एकीकृत राखेको प्रतिक्रिया दिए ।
नेकपा एकीकृतको पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशिला खनाल छन् ।