असार १७ गतेदेखि आन्तरिक उडान हुने

335

काठमाडौं । मन्त्रिपरिषद्ले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारदेखि सुरु गर्ने निर्णय गरेको छ ।

उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ जुलाई अर्थात् १७ असारदेखि आन्तरिकतर्फका नियमित उडान हुनेछन् ।

प्राधिकरणले उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक हवाई सेवा प्रदायकहरुलाई उडान अनुमति दिनेछ ।

निषेधाज्ञा अगाडि जति संख्यामा आन्तरिक उडान हुन्थ्यो त्यसको ५० प्रतिशत मात्रै उडान हुने भएको हो । विमान कम्पनीहरुले शतप्रतिशत यात्रु उडान गर्न पाउने छ ।

यस्तै, मन्त्रालयले अन्तर्राष्ट्रियतर्फको उडान तालिका सार्वजनिक गर्न पनि प्राधिकरणलाई भनेको छ ।

सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्री सुरु गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...