‘प्रधानमन्त्री खेलाचीको पद हो ?’

423

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस जारी छ । वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले संसद्‌मा विस्वास गुमाएको प्रधानमन्त्रीले राजीनामा नदिइ अर्को प्रक्रियामा दाबी गर्न नपाउने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता कार्कीले कामचलाउ प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी नै गर्न नमिल्ने दाबी गरे ।

‘प्रधानमन्त्रीको पद खेलाचीको पद हो ?” उनले प्रश्न गरे,“नैतिकताका आधारमा राजीनामा दिन नपर्ने ? हाउस पनि फेस नगर्ने ? राजीनामा पनि दिएको छैन । हाउसको ‘कन्फिडेन्स फेस’ नगरी अर्को प्रोसेसमा जान पाइँदैन । जानु हुँदैन । विश्वासको मत नलिनासाथ केयरटेकर प्रधानमन्त्री हो । उसले दाबी गर्न पाउँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...