अधिवक्ता गोविन्द बन्दीले भने, ‘राष्ट्रपति संविधानभन्दा बाहिर गएको देखियो’

संवैधानिक सुनुवाइ

311

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस सुरु भएको छ । अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानभन्दा बाहिर गएको बताएका छन् ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा उनले संविधानअनुसार विधि पुगेर प्रधानमन्त्रीको दाबी गर्नेलाई राष्ट्रपतिले इन्कार गर्न नपाउने बताए ।

प्रतिनिधिसभा विघटन सिफारिस र विघटन मध्यरातमा गरिनु गलत भएको उनले बताए । मध्यरातमा सिफारिस र विघटन गरेको घटनाले नियत प्रष्ट भएको उनले बताए । “दुवैतिर नाम परेका सांसद्लाई बोलाएर छलफल गर्न सकिने थिएन ? दुवैतर्फको दाबी परेपछि राष्ट्रपतिबाट परामर्श लिने कार्य पनि गरिएन,” उनले भने ।

यस्तै, वरिष्ठ अधिवक्ता खम्ब बहादुर खातीले नेकपा एमालेले आफ्ना सांसद्लाई कारबाही गर्न नसक्ने जिकिर गरे ।

उनले विश्वास र अविश्वासको मत लिने समयसहित निश्चित अवस्थामा मात्रै ह्विप लाग्ने तर्क गर्दै ह्विप नलाग्ने समयमा कारबाही गनए नमिल्ने धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...