प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

447

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएसँगै ओलीले आगामी रणनीति तय गर्ने विषयमा छलफल गरेका हुन् ।

पछिल्लाेपटक विस्तार गरेकाे मन्त्रिपरिषद्लाई सर्वाेच्च अदालतले खारेज गरेपछि उत्पन्न परिस्थितिबारे छलपफल गर्न प्रधानमन्त्री ओलीले पूर्वमन्त्रीसँगै स्थायी कमिटी सदस्य तथा केही सांसद्लाई बालुवाटार बाेलाएकाे एमालेका एक नेताले बताए ।

अनाैपचारिकरूपमा बाेलाइएकाे उक्त बैठकमा सर्वाेच्चकाे कदमपछिकाे राजनीतिक अवस्थाबारे छलफल हुने बताइएकाे छ ।

ओलीले मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गरेका थिए । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताएका थिए ।

ओलीले मन्त्रीलाई अरु केही विकल्प सोच्न सक्ने भन्दै निवास नछाड्न र गाडी प्रायोग गर्न भनेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...