संवैधानिक परिषद् विधेयक खारेज गर्न बाबुराम भट्टराईको माग

336

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जतिसक्दो छिटो संसद् पुनःस्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता डा.भट्टराईले सामाजिक सञ्जालमार्फत अब छिटोभन्दा छिटाृ संवैधानिक परिषद् विधेयक खारेजसहित संसद् पुनःस्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनु पर्नेमा जोड दिएका हुन् ।

बुधबार बिहान ट्विटरमार्फत् नेता भट्टराईले अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहेको बेला आफूहरु भने राजनीतिक किचलोमा फसेको भन्दै यसको छिनोफानो चाँडो हुनुपर्नेमा जोड दिएका छन् ।

“अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड–१९ खोप जुटाउन व्यस्त छन्, हामी चाहिँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय/शक्ति खर्चने भयौँ,” उनले लेखेका छन्,“अब त चेतौँ/छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद् पुनःस्थापना गरेर संविधान/लोकतन्त्र ट्रयाकमा ल्याऊ । अदालत/दल/नागरिकले आआफ्नो धर्म निभाउँ ।”

Share This:
सम्बन्धित खबर
Loading...