जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ की वडा सदस्य सुशिला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति मृत्यु भएको छ ।
भेरी–२ डिंगा घरबाट बाहुनथानस्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।
घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले जानकारी दिइन् ।