१६,९१३ जनामा परीक्षण गर्दा भेटियो ४,५२२ संक्रमित, ४१ जनाको मृत्यु

काेराेना अपडेट

586

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ४ हजार ५ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार २ सय ४ आरटी पिसिआर र ४ हजार ७ सय ९ एन्टिजेन गरी कुल १६ हजार ९ सय १३ जनामा परीक्षण गरिएकोमा ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ६१ जना र भेन्टिलेटरमा २ सय १८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट ४ हजार ९ सय ५४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ६४ हजार ८ सय २२ पुगेको छ । निको हुने दर ९०.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४१ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...