लुम्बिनी प्रदेशः ठाकुर पक्षले यादव समूहका दुईजना सांसद्लाई सोध्यो २४ घन्टे स्पष्टीकरण

443

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव–डा.बाबुराम भट्टराई समूहका २ जना प्रदेशसभा सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादव र पुर्मती ढेंलालाई स्पष्टीकरण सोधिएको हो ।

लुम्बिनी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न जारी गरिएको ह्विप उल्लङ्घन गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको जसपाका कार्यकारिणी सदस्य केशव झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा ठाकुर पक्षले पक्षमा मत दिएको थियो भने यादव पक्षले विपक्षमा मतदान गरेका थिए ।

यादव–भट्टराई पक्षको असार ३ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले चारै जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही अनुसार उनीहरुलाई असार ५ मा स्पष्टीकरण पत्र पठाइएको छ । उनीहरुलाई जबाफका लागि ५ दिन समय दिइएको छ ।

त्यसैको काउन्टरमा ठाकुर समूहले पनि उपेन्द्र–भट्टराई पक्षका २ जनालाई स्पष्टीकरण सोधेको हो । उनीहरुलाई २४ घन्टाको समय दिइएको छ ।

लुम्बिनीमा ठाकुर पक्षका ४ जना सांसद् छन् । उनीहरु सबै मन्त्री बनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...