निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका ८६१ सवारी साधन नियन्त्रणमा

348

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएसँगै सडकमा सवारीको चाप बढेको छ ।

सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ८ सय ६१ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकामध्ये ६ सय ५७ वटा दुई पाङग्रे, १ सय ३८ वटा चार पाङ्ग्रे, ३५ ओटा ट्याक्सी र ३१ वटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

निषेधाज्ञालाई केही खुकुलो बनाएपछि जनजीवन केही सहज भएको छ भने सडकमा उपत्यकामा सवारी साधानको संख्या पनि अत्याधिक बढेको छ ।

पछिल्लो समय असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । त्यसपछि असार १४ गतेसम्म विभिन्न क्षेत्र र निजी सवारीसाधानलाई खुलाउने निर्णय प्रशासनले गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...