यी हुन् माओवादीले कारबाही गरेका १४ जना जनप्रतिनिधि [सूचीसहित]

355

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेका १४ जना जनप्रतिनिधिहरुलाई कारबाही गरेको छ ।

सोमबार भर्चुअल बैठक गर्दै माओवादी केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी अनुशासन उल्लङ्घन गर्नेहरुलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि दल त्याग गर्नेहरुलाई कारबाही गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई दिएपनि त्यसरी गरिएको कारबाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि केन्द्रीय समितिले नै कारबाहीको निर्णय गरेको हो ।

बैठकले माओवादी केन्द्र छाडी नेकपा (एमाले)मा प्रवेश गरेका १४ जनालाई कारबाही गरेको हो । सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै, कैलालीबाट ४ जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरी र ओखलढुंगाबाट एक–एक जना कारबाहीमा परेका छन् ।

माओवादीे केन्द्रीय कमिटीको निर्णयको मान्युट निर्वाचन आयोगमा अद्यावधिकका लागि बुझाउने भएको छ ।

को–को परे कारबाहीमा ?
१. रिना कुमार साह, प्रमुख– मौलापुर नगरपालिका, रौतहट
२. सियाराम कुशवाह, प्रमुख– कटहरिया नगरपालिका, रौतहट
३. परनिया देवी, उपप्रमुख– देवाही गोनाही नगरपालिका, रौतहट
४. गौरीशंकर जयसवाल, उपप्रमुख– मौलापुर नगरपालिका, रौतहट
५. कान्ती देवी, उपप्रमुख– फतुवाविजयपुर नगरपालिका, रौतहट
६. सीमलाल साह, उपप्रमुख– माधव नारायण नगरपालिका, रौतहट
७. गीतादेवी शाह, उपप्रमुख– युमनामाई गाउँपालिका, रौतहट
८. समतीलाल दास ताती, सदस्य– लहान नगरपालिकाm सिरहा
९. शेष फारुक, अध्यक्ष– सम्सी गाउँपालिका, महोत्तरी
१०. छायाँ देवकोटा, उपप्रमुख– भजनी नगरपालिका, कैलाली
११. भागिरथी विष्ट, वडाध्यक्ष– गौरीगञ्ज नगरपालिका–४, कैलाली
१२. शर्मानन्द भट्ट, वडाध्यक्ष– गोदावरी नगरपालिका–१ कैलाली
१३. पुरन विसी, वडाध्यक्ष– बर्दगोरिया नगरपालिका–४, कैलाली
१४. सुरेश कुमार थावा, वडाध्यक्ष– चम्पादेवी गाउँपालिका–१ ओखलढुंगा

Share This:
सम्बन्धित खबर
Loading...