काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने विषयलाई लिएर जसपाभित्र विवाद उत्पन्न भएको छ । अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी छ भने अर्का अध्यक्ष यादव पक्ष विरोधमा छ ।
दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन् । उनीहरुले त्यसको जानकारी निर्वाचन आयोगलाई दिएका छन् ।
अध्यक्ष ठाकुरले आयोगलाई बुझाएको कागजातमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको डा.भट्टराईले बताएका छन् । “ओली–विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो ! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
डा.भट्टराईले अध्यक्ष ठाकुरले नक्कली श्रेस्ता बनाएको आरोप लगाएका छन् । उनले भनेका छन्,“स्वच्छ छवीका मानिएका ८० वर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु ।”
आयोगले दुवै अध्यक्षलाई केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयलगायतका कागजात मागेको थियो । ठाकुरले बुझाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आफू नबसेको डा.भट्टराईको भनाइ छ ।
ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु!NOT IN MY NAME!
— Baburam Bhattarai (@brb1954) June 20, 2021