एमालेमा प्रवेश गरेका जनप्रतिनिधिको पद रिक्त गराउन माओवादीको आकस्मिक बैठक

457

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको आकास्मिक बैठक बसेको छ । सोमबार बिहान भर्चुअरुपमा बसेको बैठक जारी छ ।

बैठका सहभागी एक केन्द्रीय सदस्यका अनुसार नेकपा विभाजनपछि नेकपा (एमाले)मा लागेका संघीय सांसद् र प्रदेशसभा सदस्यहरुको पद रिक्त भएपनि स्थानीय तहका जनप्रतिनिधिहरुको पद निर्वाचन आयोगले रिक्त गर्न केन्द्रीय समितिको बैठकको निर्णय आवश्यक भएकाले सोही प्रयोजनका लागि आकस्मिक बैठक बसेको हो ।

बैठकमा प्रचण्डले समसामयिक राजनीतिक परिवेश र पार्टीको भावी रणनीतिबारे जानकारी गराएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेमा प्रवेश गरेका वडाध्यक्षदेखि नगरपालिका प्रमुख, उपप्रमुखसम्मलाई कारबाहीका लागि आयोगमा पत्राचार गरिएपनि हालसम्म पद रिक्त नभएकाले कानुनी प्रक्रिया पूरा गर्न बैठक बोलाइएको बताएका थिए ।

तर, स्थानीय तहका जनप्रतिनिधिका पद निर्वाचन आयोगले दलको निर्णयका आधारमा रिक्त गराएपनि सर्वोच्च अदालतबाट पुनःवहाली हुने गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...