कर्णालीका ४ जना सांसद्लाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमालेको ‘भ्याकेट निवेदन’

318

काठमाडौं । कर्णाली प्रदेशका ४ जना सांसद्लाई पुनःवहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा (एमाले)ले पुनरावेदन दर्ता गराएको छ ।

पार्टीको निर्देशनविपरीत ४ जना सांसद्ले कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेका थिए । निवेदनमा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने जिकीर गरिएको छ ।

प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।

राउतको इजलासमले गत जेठ ३० गते एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारबाही बदर गर्दै कर्णालीका ४ जना सांसद्हरुको पुनःवहाली गरेको थियो । चारमध्ये ३ जना माओवादी केन्द्र नेतृत्वको सरकारमा मन्त्री छन् ।

पार्टीको निर्देशनविपरीत एमालेका सांसदहरु प्रकाश ज्वाला, अम्मर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...