बाँकी प्रदेशमा पनि गठबन्धनको सरकार बनाउन पहल जारी राख्ने निर्णय

375

काठमाडौं । विपक्षी पाँच दलका नेताहरुले आफूहरुबीचको गठबन्धनलाई थप बलियो बनाउने समझदारी गरेका छन् ।

नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बूढानिलकण्ठमा आइतबार साँझ करिब डेढ घन्टा बसेको बैठकमा नेताहरुले गठबन्धनलाई अझै बलियो बनाएर जाने समझदारी गरेका हुन् ।

पछिल्लो समय गण्डकी प्रदेशमा एमालेको सरकार हटाएर गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरिएको थियो । सुदूरपश्चिम र कर्णालीमा माओवादी केन्द्र र प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ ।

गठबन्धन सरकार बन्न बाँकी रहेका प्रदेश १, बागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार गठनका लागि राजनीतिक पहल जारी रहेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ती तीनवटै प्रदेशमा एमालेका मुख्यमन्त्री छन् ।

छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्ण बहादुर खड्का सहभागी थिए भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ थिए ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा।बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ छन् भने एमालेबाट माधव नेपाल र भीम रावल तथा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...