देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी

353

काठमाडौं । सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेका विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बूढानिलकिण्ठमा बसिरहेको छ ।

साँझ साढे ५ बजेदेखि सुरु भएको छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्ण बहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ छन् ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ छन् भने एमालेबाट माधव नेपाल र भीम रावल सहभागी रहेको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतमा असार ९ गतेदेखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु हुन लागेका बेला विपक्षी गठबन्धनको थप रणनीति बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–डा.बाबुराम भट्टराई पक्ष, नेकपा (एमाले)को माधव कुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

एमालेभित्र एकता कायम हुन लागेपछि यसबीचमा गठबन्धनका शीर्ष नेताहरु नेपाल निवासमा समेत भेला भएका थिए । नेपालले गठबन्धनलाई धोका दिएर केपी शर्मा ओलीसँग नमिल्ने बचन दिएका छन् ।

नेपाल पक्षकै दोस्रो तहका नेताहरु पार्टीलाई जेठ २ मा फर्काउन ओली तयार भएको अवस्थामा एमाले एकता कायम गर्न लागिरहेका बेला नेपालमाथि गठबन्धन नतोड्न दबाव छ ।

Share This:
सम्बन्धित खबर
Loading...