निर्वाचन आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जबाफ पेस गर्न भनी पठायो पत्र

202

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जबाफ पेस गर्न पत्र पठाउने निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले १५ दिनभित्र दाबीको प्रतिलिपिसहित जबाफ पेस गर्न सूचना दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार रेग्मीले जानकारी दिए ।

“उपेन्द्र यादव पक्षबाट आधिकारिकता दाबी पेस गरिएको छ । त्यो दाबी पेस गरिएको सम्बन्धमा दाबीको प्रतिलिपिसहित लिखित जबाफ पेस गर्नका लागि अर्को पक्षलाई १५ दिनको सूचना दिइएको छ,” प्रवक्ता श्रेष्ठले भने ।

उपेन्द्र यादव पक्षले शुक्रबार बहुमत कार्यकारिणी समितिका सदस्यको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको थियो । आयोगले राजनीतिक दलको दफा ५१ अनुसार कारबाहीको अद्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले दफा ४३ अनुसार निवेदन दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...