प्रकाशमान सिंहले भने, ‘समयमा नै खोप ल्याउन नसक्नुले सरकार कुटनीतिकरुपमा असफल भएको पुष्टि भयो’

146

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको आरोप लगाएका छन् । आइतबार बिहान आफ्नै निवासमा पत्रकारहरुसँग कुराकानी गर्नै पूर्वउपप्रधानमन्त्री सिंहले सरकार कमिसनको खेलमा लागेका कारण कोभिड–१९विरुद्धको भ्याक्सिन समयमा नै ल्याउन नसकेको बतएका हुन् ।

उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरे ।

कोभिडविरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनीतिकरुपमा असफल भएको उनको दाबी छ । “पहिलो डोज खोप लगाएका १४ लाख नागरिक अहिले दोस्रो डोजको प्रतिक्षामा छन्,” उनले भने,“समयमा नै दोस्रो डोज खोप लगाउन नपाउँदा ती जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।” साथै नेता सिंहले जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरकारले हेलचेक्राइ गर्न नहुने बताए । सरकार उत्तरदायी नहुँदा समयमा नै कोभिड संक्रमण नियन्त्रण हुन नसकेको उनको भनाइ छ ।

फरक प्रसंगमा नेता सिंहले पार्टीको १४औँ महाधिवेशनको तयारी तीव्ररुपमा भइरहेकाले समयमा नै महाधिवेशन सम्पन्न हुने बताए । साथै उनले १४औँ महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निर्माण गर्न र विधि प्रक्रियाअनुसार अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...