काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू निकट गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्न लागेका छन् ।
केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने क्रममा आइतबार दिउँसो ३ बजे गण्डकी प्रदेशका नेताहरुलाई बोलाइएको केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी दिए ।
१४औँ महाधिवेशनमा सभापति दोहोरिन खोजेका देउवाले आफूनिकट नेताहरुसँग छलफल तीव्र पारेका हुन् । सातै प्रदेशका केन्द्रीय नेताहरुलाई बोलाउने क्रममा दिउँसो गण्डकी प्रदेशका नेताहरुलाई बोलाएका हुन् । देउवाले शनिबारदेखि आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल थालेका छन् ।
सभापति देउवाले शनिबार प्रदेश नम्बर १ र २ का नेताहरुसँग छलफल गरेका थिए । सभापतिमा उठ्ने तयारीमा रहेका देउवाले आजै बिहान बागमती प्रदेशका नेताहरुसँग छलफल गरेका छन् ।